सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २२, काठमाडौं– भरतपुर महानगरपालिकाको मतगणना विवाद समाधान नभएसम्म प्रधानमन्त्री निर्वाचन हुन नदिने नेकपा एमालेले अडान लिएको छ । एमाले उपाध्यक्ष भीम रावलले भरतपुर महानगरपालिकाको मतगणना विवाद समाधान गर्न सत्तारुढ काँग्रेस र माओवादी केन्द्र तयार नभई प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन दिन नसकिने प्रष्टयाएका हुन् ।
आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता पक्षकै कारण प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढन नसकेको आरोप समेत लगाए । एमालेले सरकार तथा सत्तारुढ काँग्रेस/माओवादीे केन्द्रकै दवावमा निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्न निर्देशन दिएको दावी गर्दै मान्य नहुने चेतावनी दिँदै आएको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा