सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । विवाह पछि त आमा बन्ने कुरा सबैलाई थाहै छ तर विवाह अगाडि आमा बन्नु पर्ने कुरा सुनेर अचम्म लाग्न सक्छ तर अब अचम्म मान्नु पर्दैन भारतको पश्चिम बंगालमा एउटा यस्तो ठाउँ छ जहाँ महिलालाई आमा बनेपछि मात्र विवाह गराइन्छ ।
पश्चिम बंगालको जलपाईगुडीमा बस्ने टोटो जनजातिका महिलाहरुले यस्तो परम्परा निभाउने गर्दछन् ।
यो परम्परालाई उनीहरुले भिन्न प्रकारले मान्ने गर्दछन् । टोटो समूदायका पुरुषहरुलाई जो महिला मनपर्छ, उनले ती महिलालाई अँध्यारोमा लिएर भाग्छन् र उनीहरुलाई आफ्नो घरमा राख्छन् । दुबै सँगै बस्छन् र यो क्रममा जब महिला आमा बन्ने हुन्छिन् तब करिब १ वर्षपछि दुबैले विवाह गर्छन् । परम्पराका अनुसार यहाँका पुरुषले आफ्नो मामाको छोरीलाई लिएर भाग्छन् र उनैसँग विवाह गर्छन् ।
यो जनजातीले आफ्नो अस्तित्व बचाउनको लागि यस्तो परम्परा अपनाएको बताएका छन् । यदि कसैले नियम तोडेमा विवाहमा धेरै पैसा खर्च र पूजा–पाठ गर्नुपर्ने हुन्छ । यस्तैमा यदि कोही महिला आमा बन्न सकिनन् भने र महिला–पुरुष दुबैले यो सम्बन्धबाट छुटकारा पाउन चाहन्छन् भने पनि यो फाइदाजनक छ । यस्तो सम्बन्धबाट त्यतिबेला मात्र मुक्ति पाइन्छ जब उनीहरु सुँगुरको बली दिन्छन् ।
तर यो परम्परा उक्त समूदायमा ‘थ्यालिसिमिया’ को रुपमा मृत्यु बनेर उपस्थित भइरहेको छ । थ्यालिसिमिया एक प्रकारको अनुवांसिक रक्त विकार हो । यो रोग लागेका मानिसहरुले पर्याप्त मात्रामा हेमोग्लोबिन बनाउन सक्दैनन् जसका कारण रक्तअल्पत्ता हुन्छ । आफ्नो जानसंख्या बढाउनको लागि टोटो जनजातीले कडा नियम त बनाए तर यसले स्थितीलाई सुधार्नुको सट्टा बिगारिरहेको देखिन्छ ।
वास्तवमा उनीहरुको खुसीमा थ्यालिसिमिया नामको भयानक रोगको आँखा लागेको छ । सबैभन्दा डरलाग्दो कुरा अझ के छ भने उनीहरुलाई यो रोगको बारेमा अत्तोपत्तो छैन । यो जनजातीका मानिसहरुले आफ्नै परिवारभित्र विवाह गर्नुपर्ने नियम लागु गरेका कारण यसको खतरा अझै बढ्ने अनुमान गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा