सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २२–काठमाडौं, नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा ६ सय रुपैयाँ महंगिएको सुनको भाउ आज भने कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि नेपाली वजारमा ५५ हजार २ सय रुपैयाँ प्रतितोला सुनको कारोवार भइरहेको छ ।
अघिल्लो दिन पनि सोही भाउमा कारोवार भएको थियो । तर, गत साताको शुक्रबार तोलाको ५४ हजार ६ सय रुपैयाँ रहेको सुन आइतबार भने बढेको हो ।
आज चाँदीको भाउ पनि कुनै फेरवदल भएको छैन । महासंघका अनुसार चाँदी पनि आज तोलाको ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा