सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २१ , आतंकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै साउदी अरेबिया, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्स ९युएई० ले कतारले अरब क्षेत्रमा अस्थिरता उत्पन्न गरेको भन्दै उससँगको कुटनीतिक सम्बन्ध भंग गरेका छन् । कतारले मुस्लिम ब्रोदरहुडसहितका आतंकाकारी समूहलाई सयोग गरेको ती देशले आरोप लगाएका छन् ।
साउदी अरेबियाको सरकारी समाचार संस्था एसपिएले अरब क्षेत्रमा आतंकवादलाई प्रवर्द्धन गरेको तथा स्थायित्वमा समस्या सिर्जना गरेको अभियोग लगाउदै कतारसँगको सीमा, समुद्री तथा हवाई सम्बन्ध बन्द गरिएको जनाएको छ । आतंककारी र अतिवादीबाट आफ्नो देशलाई बचाउनका लागि कतारसँगको सम्बन्ध टुटाएको सरकारी अधिकारीलाई उद्धृत गर्दै एसपिएले जनाएको छ ।
इजिप्टको परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै हवाई तथा तटीय यातायता स्थान बन्द गरेको बताएको छ ।
संयुक्त अरब इमरेट्सले पनि कतारले आतंकबादलाई प्रायोजन र संरक्षण गरेको अभियोग लगाउँदै कूटनीतिक सम्बन्ध बिच्छेदको घोषणा गरेको छ ।कतारी कुटनीतिकलाई आफ्नो देश छोड्न ४८ घण्टाको अल्टिमेटम समेत दिएको छ । कतारले आतंककारीलाई सहयोग र साथ दिएको भन्दै त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ ।
त्यस्तै सुरक्षाको कारण देखाउँदै बहराइनले पनि कतारसँगको सम्बन्ध बन्द गरेको छ । बहराइनको सहकारी समाचार संस्थाहरुले जनाए अनुसार देशको आन्तरीक मामलामा समेत दखल दिएको जनाएको छ । त्यहाँ रहेका कतारी नागरिकलाई १४ दिनभित्र आफनो देश छाडन तथा कूटनीतिज्ञहरुलाई ४८ घण्टाभित्र फिर्ता हुन अल्टिमेटम समेत दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा