सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतमा तेश्रोपटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन् ।
आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहेको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल र भारतकाबीचमा विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनको विषयमा समेत विचार विमर्श भएको थियो ।
दाहालले मोदीसँग भेटमा छोरी गंगा दाहाललाई समेत साथै राखेका थिए । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको सपथ ग्रहण समारोहमा समेत सहभागी भएका थिए ।
दाहाल आइतबारमात्रै भारत पुगेका पुगेका हुन् । टोलीमा दाहालकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारीहरु संलग्न छन् ।
प्रधानमन्त्री दाहाल सोमबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा