सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , २७ जेठ । अछाम र दैलेख जिल्ला जोड्ने गरि बनाइको कर्णालीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर आइतबार बिहान १४ वटा खच्चड फसेका थिए ।
६० को दशकमा निर्माण गरिएको झोलुंगे पुलको पुनःनिर्माणमा उदासिन हुँदा पुलका लठ्ठा चुँडिएर सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए । तर मानवीय क्षती भने हुन पाएन । उक्त पुल सुदूरपश्चिम प्रदेशलाई मुलुकका अन्य भूभागसँग जोडने माध्यम पनि हो ।
झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो । अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार पुलमा फसेका १४ मध्ये ८ वटा खच्चडलाई निकालिएको छ । बाँकी रहेकालाई तानेर निकाल्ने प्रयास भइरहेको छ । खच्चड नदीमा खसाल्दा ढुंगामा पर्ने भएकाले तानेर निकाल्न लागिएको हो ।
अहिले पुलबाट केहीलाई नदीमा खसालेर उद्धार गरिएको छ भने केहीलाई लठ्ठाबाट डोरीले तानेर निकालिएको प्रहरीले जानकारी दिएको छ । लठ्ठा चुँडिएर पुल लच्किँदा अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा