सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २१ , काठमाण्डौ । एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ पूँजिगत लाभकर बुझाएको छ। ठुला करदाता कार्यालय स्रोतका अनुसार एनसेलले आइतबार उक्त कर दाखिला गरेको हो। ठुला करदाता कार्यालय स्रोतका अनुसार एनसेलले पूँजीगत लाभकर बापत सो परिमाणको रकम आन्तरिक राजस्व कार्यालयमा कर दाखिला गरेको हो। यसअघि पूँजिगत लाभकर बापत एनसेलले १० अर्ब रुपैयाँ बुझाएको थियो।
नेपालको कर व्यवस्थाअनुसार पूँजीगत लाभकर जम्मा २५ प्रतिशत लाग्छ। जसमध्ये बिक्रेताले १० प्रतिशत र बिक्री हुने कम्पनीले १५ प्रतिशत तिर्नुपर्छ। गत वर्षको बुझाएको झण्डै १० अर्ब र आजको १३ अर्ब ६० करोड गरेर एनसेलले आफ्नो दायित्वको १५ प्रतिशत चुक्ता गरेको हो। सरकारले अब एनसेलको विक्रेता कम्पनी टेलियासँग १० प्रतिशत पूँजिगत लाभकर असुल गर्नुपर्ने हुन्छ।
गत वर्ष पुस महिनामा टेलियाले एक्जियटालाई १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा