सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१. संसारमा कार को संख्या लगभग १०० करोड को हाराहारी छ।
२. सन २०१६ मा ७ करोड २० लाख नयाँ कारहरु उत्पादन भएको थियो, यसको मतलब हरेक दिन १ लाख ७० हजार कार उत्पादन गरिएको थियो।
३. यदि हामी कारबाट चन्द्रमा मा ९५ किलोमिटर प्रति घण्टाको गतिले जान शुरु गरेमा चन्द्रमा मा पुग्न करिव १६८ दिन लाग्दछ।
४. एउटामा कारमा औशत ३० हजार पाटपुर्जा हुन्छन।
५. इथेनाँल बाट चल्ने ९२ प्रतिशत कारको विक्रि ब्राजिल मा हुने गर्दछ। इथेनाँल तयार गर्नका लागि मुख्य रुपमा उखुको प्रयोग गर्ने गरिन्छ।
६. अहिले सम्म जति पनि रोल्स राँयस कार बने, ती मध्य ७५ प्रतिशत बिक्रि भइसकेका छन। किन कि रोल्स राँयस कार संसारकै भन्दा महंगो कार हो, जसको मुल्य भारतमा लगभग ६ करोड २५ लाख भारतीय रुपैयाँ पर्दछ।
७. दुनियामा सवैभन्दा पहिला कार दुर्घटना अमेरिका को ओहायो राज्य मा सन् १८९१ म भएको थियो।
८. जब कार मा रेडियो को शुरुवात भएको थियो, तब धेरै मानिसहरुले यसको विरोध गरेका थिए। किन कि त्यतिबेला मानिसहरुको सोच थियो कि यसले ड्राईभरको ध्यान भडकिन सक्छ अनि त्यसले दुर्घटना बढाउदछ।
९. रुस मा फोहर कार चलाउनु गैह्र कानुनी मानिन्छ।
१०. सन् २०१४ जुलाई १ सम्म मध्य एशिया को तुर्कमेनिस्तान मा हरेक ड्राईभरलाई कार चलाउनका लागि १२० लिटर पेट्रोल निःशुल्क मिल्दथ्यो।
११. संसारमा सवैभन्दा छिटो गतिमा चल्ने कार बुगाटी वेराँन सुपर स्पोर्टस हो। यस कारको गति ४३१ किलोमिटर प्रतिघण्टाको गतिले सडकमा दौड्न सक्छ। यो कार चलाउनको लागि लाइसेन्स सजिलै मिल्दैन तथा साधारण कार चलाउने ब्यक्तिले यो कार चलाउन प्रतिबन्ध छ।
१२. एउटा कार आफ्नो जीवन अवधीभर करिव ९८ प्रतिशत समय खडा रहन्छ भने बाँकी २ प्रतिशत समय चल्दछ।
१३. कुनै पनि कार दुर्घटनाको समयमा ४० प्रतिशत ड्राइभरले ब्रेक लगाउदैनन।
१४. ८० प्रतिशत भन्दा बढि कार फेरी नयाँ जस्तै बनाउन सकिन्छ।
१५. कार चलाईरहेको समयमा मोबाइलमा म्यासेज टाईप गर्दा दुर्घटना हुने सम्भाबना २३ गुणा भन्दा बढि हुन्छ।
१६. सन २०१३ मा अमेरिकामा कार दुर्घटनामा परेर जति बच्चाहरु मरेका थिए, त्यस मध्य ३८ प्रतिशत बच्चा सिट बेल्ट नबाधेका कारण मृत्यु भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा