सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २१, पाँचथर। नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगश भट्टराईले अहिले राष्ट्रपतिको पत्र संसदमा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले कुनै हालतमा संसद चल्न नदिने वताउनुभएको छ । पाँचथरको फिदिममा आज संचारकर्मी सित कुराकानी गर्दे उहाँले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया र विधिसम्मत ढंगबाट हुनुपर्छ, राष्ट्रपतिको पत्र संसदलाई जानकारी गराएर मात्रै प्रक्रिया अघि वढ्न दिने उहाँले वताउनुभयो ।
उहाँले भन्नुभयो,“नेकपा एमाले पनि प्रधानमन्त्रीको चयन प्रक्रियामा भाग लिन चाहान्छ तर विधी र प्रक्रियालाई अरु दलले मान्नुपर्यो ।” यस्तै चितवनको भरतपुर स्थित १९ नम्बर वडाको पुन मतदान गराउने निर्वाचन आयोगको विषय प्रति गम्भिर आपत्ति जनाउँदै यसले गलत नजिर वस्ने भन्दै च्यातिएको मतलाई बदर मानेर वाँकी गणना गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले अव कागेस सभापति देउवाले जोखना हेरेर ज्योतिषीले असार १४ मा चुनाव नगर्नु भन्यो भने मात्रै नत्र भए दोसो चरणको चुनाव तोकिएकै मितीमा हुने उल्लेख गर्नुभयो । अव हुने दोस्रो चरणको स्थानिय तहको निर्वाचमा नेपाली काग्रेसलाई हिलोमै पछारे आफनो पाटी पहिलो बनाउने दावी उहाँको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा