सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी- चर्चित कमेडियन भारती सिंहले इन्गेजमेन्ट गरेकी छिन् । मिल्ने साथीका रूपमा प्रस्तुत हुँदै आएका हर्ष लम्बिाचियासँग उनले लगनगाँठो कस्ने वैधानिक पाइला चालेको भारतीय मिडियामा खबर छ । उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर इन्गेजमेन्ट गरेका पुष्टि गरेकी छिन् । उनले तस्बिरमा ‘अविस्मरणीय क्षण’ भन्दै क्याप्सन पनि लेखेकी छिन् ।
परिवार र निकटका साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेकी भारती आफूसँगै ‘नच बालिए’को आठौँ संस्करणमा सहभागी हर्षसँग नजिक थिइन् । त्यसो त यसअघि नै उनीहरूबीच इन्गेजमेन्ट भइसकेको हल्ला पनि फैलिएको थियो । अहिले उनीहरूको साँच्चिकै इन्गेजमेन्टले भने फ्यानहरू आश्चर्यमा परेका छन् ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा