सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, जेठ २१ –दोस्रो तह चुनावमा उम्मेद्वार बन्न भन्दै दाङका पाँच जना स्थायी शिक्षकले आफ्नो पेशाबाट राजीनामा दिएका छन् । स्थानीय तह चुनावमा उम्मेद्वार बन्ने भन्दै अहिलेसम्म पाँच शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय दाङले जानकारी दिएको छ । राजीनामा दिने शिक्षकहरुमा मावि काठेकोलका विष्णुमणि दाहाल, आदर्श रात्री आधारभुत बिद्यालय गोबरडिहाका प्रध्यानाध्यापक रघुनन्दन चौधरी, हेकुली माबिका शम्भु गिरी, महेन्द्र माबि श्रीवारीका शोभाराम विक र नवज्योती प्राबि मसुरे लोहारपानीका यनुराज खत्री हुनुहुन्छ ।
राजीनामा दिने शिक्षकहरु शिक्षकको पेशागत संगठनमा रहेर राजनीतिमा क्रियाशील रहेका थिए । राजीनामा दिने पाँचै जना शिक्षकहरुको राजीनामा स्विकृत भइसकेको शिक्षा कार्यालय दाङका शाखा अधिकृत शेरबहादुर बिष्टले जानकारी दिनुभयो । राजीनामा दिएको शिक्षकहरुले सेवा अवधी पूरा गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा