सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २१– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी तथा संसदीय दलको संयुक्त बैठक अहिले जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकले आज हुने कार्यतालिका रहेको प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ ।
पार्टी सहयक महामन्त्री राजारम बर्तौलाले आज बैठकले सरकारमा सहभागि हुने कि नहुने भन्ने विषयमा ठोस निर्णय लिने बताए ।
शनिबारमात्रै कांग्रेसले देउवा नेतृत्वमा गठन हुने सरकारलाई समर्थन गर्न राप्रपासहितका संसदमा रहेका सबै दललाई पत्र लेखेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा