सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ ,जेठ २० । नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको उम्मेदवारी खारेज गर्नुपर्ने बताएका छन् । चुनावी कार्यक्रमहरुमा सहभागी हुन गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले शनिबार हामीसँग कुरा गर्दै ‘माओवादीको उम्मेदवारी खारेज गरेर बाँकी उम्मेदवारहरुको मतगणना अघि बढाउनुपर्छ’–भने ।
भरतपुरमा मतपत्र च्यात्ने काम ‘राज्यसत्ताले गरेको सुनियोजित निर्लज्ज धाँधली हो’ भन्दै उनले मतगणना अघि नबढेसम्म संसदको अवरोध खुला नहुने पनि बताए । राष्ट्रपति कार्यालयले संसदलाई पठाएको पत्रसमेत संसदलाई जानकारी नगराइ सभामुखले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै भट्टराईले खुलामञ्चबाट प्रधानमन्त्री घोषणा गर्न चुनौती पनि दिए ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा