सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २०, काठमाडौं । प्रधानमन्त्री निर्वाचन प्रक्रिया अबैध भएको भन्दै नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनका लागि आफनो उमेदवारी नदिने् बताएको छ । साथै उक्त दिन संसद बैठक बहिस्कार गर्ने निर्णय समेत गरेको छ ।
स्थायी समितिको बैठक पश्चात प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारी दिने कि नदिने भन्नेमा पार्टीले आन्तरिक छलफल गरेर सो निर्णय गरेको हो।
केपी शर्मा ओलीले आफनो पार्टीलाई प्रधानमन्त्रि बारेको प्रक्रिया सुरु भएका बारेमा कुनै जानकारी नभएको बताए। संसद अवरोध भइरहेको अवस्थामा यसबारे आफ्नो पार्टीलाई कुनै जानकारी नभएको उनले बताएका हुन् ।
भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्नुपर्ने माग राख्दै एमालेले विगत केही दिनदेखी संसद अवरुद्ध पार्दै आएको छ । एमालेको अवरोधका बीच संसदले सूचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गरेको हो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा