सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२० जेठ, काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेदवारी दर्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रस्तावक र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार समर्थक रहनुभएको छ। देउवाले उम्मेदवारी दर्ता गराउनु अघि काँग्रेस र माओवादीका नेताहरुको संसद भवन बानेश्वरमा बैठक बसेको थियो ।
नेपाली कांग्रेस–नेकपा माओवादीको गठबन्धनबाट देउवाले प्रधानमन्त्री पदमा आफूलाई निर्वाचित गराइयोस् भनी उम्मेदवारी दर्ता गराउनुभएको हो। कांग्रेस कार्यसम्पादन समितिको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा