• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८

      नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

      राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही

      विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

      म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

      नुवाकोटमा चौकी तोडफोड, दुई प्रहरी घाइते

      विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

      सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

      देशभर ८० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थपिए ६०३ संक्रमित

      जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड

      राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

      देवघाटमा स्नान गर्नेको भीड

      प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते

      सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

      म्यानमारको सेनाले दुध बेच्न बजार गइरहेका नेपाली दम्पतीको गाेली हानि हत्या

    होमपेज /  पत्रपत्रिका

    क्यानेडियन पिआरको पछि लाग्दा…

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ २०, शनिबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको कार्यकक्षमा शुक्रबार दिउँसो दुई युवक हस्याङफस्याङ गर्दै प्रवेश गरे । एसपी ज्ञवालीले समस्या सोधेपछि उनीहरूले भने, ‘ठगियौँ सर, क्यानाडा जाने सपनामा बर्बाद भयौँ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

    ती दुई युवकलाई क्यानाडामा मासिक २८ सय क्यानेडियन डलरको जागिर र मासिक ५ प्रतिशत बोनस दिने आश्वासन दिइएको थियो । क्यानाडाको पिआर (स्थायी बसोबास अनुमति) पनि मिलाउने विश्वास दिलाइएको थियो । क्यानेडियन पिआरको सपना बोकेर उनीहरू केही दिनअघि दिल्ली उडेका थिए । दिल्ली गएपछि दलालहरूको चक्करमा फसेर काठमाडौं फर्किएका उनीहरूले प्रहरीमा उजुरी दिएका हुन् ।

    कमजोर आर्थिक अवस्था भएका उनीहरूमध्ये एकले १८ लाख र अर्काले दलाललाई १६ लाख रुपैयाँ बुझाएका थिए । दलालहरूले धेरै सपना देखाएर आफूहरूलाई ठगेको उनीहरूले बताएका छन् ।

    एसपी ज्ञवालीको कार्यकक्षमा दैनिक उनीहरूजस्तै युवाहरू क्यानाडाको सपनामा लाखौँ ठगिएर पुग्ने गरेका छन् । ‘केही वर्षअघि अमेरिका जान भनेपछि नेपालीहरू मरिहत्ते गर्थे, अहिले त्यस्तै अवस्था क्यानाडा जानका लागि छ,’ एसपी ज्ञवाली भन्छन्, ‘क्यानाडा जान भनेपछि आ“खा चिम्लिएर मान्छेहरूले पैसा फालेको देख्दा अचम्म लाग्छ । यसरी ठगिएको भन्दै हरेक दिन उजुरी आउने गरेको छ ।’ तुलनात्मक रूपमा भिसा केही सहज भएकाले क्यानाडा पठाउने भन्दै ठगी व्यापक भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

    दम्पतीको ५१ लाख गुम्यो
    सुनसरीका एक दम्पतीको क्यानाडा जाने सपनामा ५१ लाख गुमेको छ । उनीहरू पनि एक दलालमार्फत पिआर लिएर क्यानाडा जान खोजेका थिए । भिसा नै देखाएपछि लोभिएर उनीहरूले पैसा दिए । तर, त्यो भिसा नक्कली भएको खुलेपछि उनीहरू पनि प्रहरीमा पुगेका छन् । उनीहरूले ऋण गरेर नै दलाललाई पैसा बुझाएका थिए । भिसा नै आएपछि विश्वस्त भएर पैसा दिँदा आफूहरू फसेको उनीहरू बताउँछन् ।

    एक वर्षयता क्यानाडाको सपनामा सयौँ व्यक्ति ठगिएको प्रहरी अधिकारीहरू बताउँछन् । राम्रो आर्थिक अवस्था भएका व्यक्तिहरूसमेत क्यानाडामा गएपछि सुख हुने भ्रममा ठगिएका छन् । इन्टरनेटमा आउने सबै कुरा विश्वास गर्ने प्रवृत्तिले धेरैजना ठगिएको एसपी श्याम ज्ञवाली बताउँछन् । सक्कलीजस्तै देखिने भिसा देखाएर संगठित गिरोहले ठगी गरेका हुन् । धेरैले गैरकानुनी बाटोबाट जाँदा समस्यामा पर्न सकिन्छ भन्नेसमेत ख्याल नगरी पैसा बुझाउने गरेका छन् ।

    केही विदेशी विश्वास दिलाएर ठग्न नेपाल नै आउने गरेका छन् । गत फागुनमा प्रहरीले भारतीय मूलका क्यानेडियन नागरिक भेलेनटचेरी जेम्सकुटीलाई पक्राउ गरेको थियो । पुरानो बसपार्कस्थित भिसा एन्ड इमिग्रेसन सर्भिसमार्फत उनले ठगी गरेका थिए । मुख्य नाइकेहरू विदेशमै बस्ने र उनीहरूका एजेन्टले पनि योजनाबद्ध रूपमा ठग्ने भएकाले ठगीमा संलग्न धेरै फरार छन् ।

    मुम्बई र दिल्लीमा गिरोह
    प्रहरीका अनुसार क्यानाडा पठाउने नाममा ठगी गर्ने गिरोहका नाइकेहरू भारतको दिल्ली र मुम्बईमा छन् । उनीहरूले नेपालमा आफ्ना एजेन्टहरू फैलाएर ठगी गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

    रवि लुथ्रा नामक भारतीय नागरिकको गिरोहले तीन सयभन्दा धेरैलाई ठगी गरिसकेको छ । सो गिरोहका राज भन्ने विजेन्द्रसिंह यादवलाई पक्राउ गरी अनुसन्धान भइरहेको, तर मुख्य नाइकेहरू फरार रहेको काठमाडौं परिसरका डिएसपी सिद्धिविक्रम शाहले बताए । सो गिरोहले नेपालीको सात करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

    त्रिपुरेश्वरमा वे टु क्यानाडा इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक प्रकाश बज्राचार्यलाई मात्र सो गिरोहले करिब तीन करोड रुपैयाँ ठगी गरेको छ । गिरोहमा संलग्न गोपाल नेपाल, सुलभ क्षेत्री, नरेन्द्र पण्डित, प्रेरणा नायकलगायत पनि फरार छन् । पक्राउ परेका सिंहमाथि ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको डिएसपी शाहले बताए ।

    क्यनाडापछि जापान र युरोप
    क्यानाडापछि जापानमा पठाइदिने भनेर ठगीका घटना धेरै रहेको एसपी श्याम ज्ञवालीले बताए । जापान जान लाखौँ बुझाएका बैंकक तथा भियतनाम पुगेर फर्कने गरेका छन् । त्यस्तै, युरोपियन मुलुक पठाइदिने भनेरसमेत ठगी हुने गरेको छ । आफूहरूको उच्च व्यक्तिहरूस“ग चिनजान रहेको र कार्यक्रममा सहभागी हुन भिसा लगाउने भनेर विश्वासमा पारी ठगी हुने गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बालबालिकामा कोरोनाः अभिभावकले स्कूल पठाउन छाडे, कतिले आफैं विद्यालय बन्द गरे

    कोरोना बढेपछि भारतमा कडाई हुँदा नेपाल हुँदै अन्य मुलुक जाँदै भारतीय

    सरकारको अनुमान सही साबित हुँदै

    हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना, सुदूरमा नयाँ भेरियन्ट

    वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि रेमिट्यान्स बढ्यो

    रेशम चौधरीलाई माफी दिन सरकारले प्रक्रिया अघि बढायो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८

    नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

    राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

    प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते

    आनी छोइङ डोल्मा डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

    कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

    टेकु अस्पतालमा कोभिडको मात्र उपचार हुने

    कोरोना संक्रमणबाट मंगलबार थप ५ जनाको मृत्यु, थपिए ५१७ नयाँ संक्रमित

    उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    क्रिप्टोकरेन्सी : २० खर्ब डलरको विश्व बजार

    डब्लुएचओले भन्यो : यसकारण जीवित जंगली जीवजन्तु नबेच्नू

    जिरी–चरिकोट सडकको ६६ प्रतिशत काम सम्पन्न

    सुनचाँदीको मूल्य घट्यो

    सेतोखबर बिशेष

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले...  विस्तृतमा

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    २०७८ सालको बिदाको सूची सार्वजनिक, जातीय पर्वको दिन पनि बिदा (सूचीसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑