सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १९ । १८ प्रतिस्पर्धीलाई उछिन्दै निकिता चन्दक मिस नेपाल– २०१७ भएकी छन् । शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्। उनलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्याइदिइन्।
मिस नेपालको यस वर्षको उपाधि जितेकी उनले मिस वल्र्डमा सहभागी हुने अवसर पाएकी छिन् । मिस नेपालले राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत संरक्षण दूतको रुपमा पनि काम गर्दै आएका छन् ।
यस्तै रोजिना श्रेष्ठले मिस नेपाल अर्थ, नीति शाहले मिस नेपाल इन्टरनेशनल र सहारा बस्नेतले मिस नेपाल एसिया प्यासिफिकको उपाधि जितेकी छिन् ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा