• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

      जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

      वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

      बिरामीको उपचार व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

      एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण

      कोरोनाका कारण १४ जनाको ज्यान गयो, १६० जना आइसियूमा र ४५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

      त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्डलाई जित्न सकेन

      वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के होला ?

      त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

      तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त

      गोरखामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

      पर्सामा कोरोना संक्रमित पुरुषको मृत्यु

      वन सचिव डा.ओलीको बिदाइ

      वाग्मती सरकारद्वारा १० जिल्लामा प्रहरी चौकी भवन निर्माण

      बाँकेमा एक साता लकडाउन गर्ने निर्णय

    होमपेज /  पत्रपत्रिका

    कहाँ गयो ३४ हजार हतियार ?

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ १९, शुक्रबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    जेठ १९, काठमाडौं – स्थानीय निर्वाचनलाई लक्षित गर्दै सरकारले लाइसेन्स प्राप्त हतियार बुझाउन निर्देशन जारी गरे पनि करिब चौतीस हजारभन्दा बढी हतियारको अत्तोपत्तो छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गृह मन्त्रालयको तथ्यांकअनुसार ३५ हजारभन्दा बढी लाइसेन्स प्राप्त हतियार सर्वसाधारणको नाममा छ । गृहले लाइसेन्स प्राप्त हतियार सम्बन्धित जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएको थियो । गृहको निर्देशनमा भनिएको थियो, ‘निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियार जिल्ला प्रसाशनमा राख्ने ।’

    सर्वसाधारणलाई ३५ हजार ६ सय ७८ लाइसेन्स प्राप्त हतियार राख्न दिइएको थियो । तीमध्ये बिहीबारसम्म केवल नौ सय ७८ हतियार मात्र सम्बन्धित जिल्ला प्रशासनमा बुझाइएको छ ।’हामीले निर्वाचन प्रभावित हुन सक्ने आँकलन गरी ती हातहतियार सम्बन्धित जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएका थियौं । अहिले पनि ताकेता गरिरहेका छौं’, गृहका प्रवक्ता बालकृष्ण पन्थीले भन्नुभयो ।

    सर्वसाधारणबाट लाइसेन्स प्राप्त हतियार दुरुपयोग भए कारबाही हुने उहाँले बताउनुभयो । ‘हतियार दुरुपयोग भएको पाइए कारबाही हुन्छ’, उहाँले भन्नुभयो । हतियार नबुझाएकालाई गरिने कारबाहीका बारेमा भने गृह मौन छ । यही कारण हतियार बुझाउन आलटाल भएको हुन सक्ने एक प्रमुख जिल्ला अधिकारीले आशंका व्यक्त गरे।

    गृहको सुरक्षा समन्वय महाशाखाका प्रमुख समेत रहेका पन्थी भन्नुहुन्छ, ‘हाम्रो चासो ती हतियार दुरुपयोग नहुन् भन्ने हो ।’हातहतियार खरखजाना ऐन २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए एक वर्षदेखि तीन वर्षसम्म कैद र तीन हजारदेखि ६० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

    सर्वसाधारणको आत्मरक्षाका लागि जिल्ला सुरक्षा समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हतियारको लाइसेन्स दिने गर्दछ । गृहले त्यसका लागि ‘पर्चेजिङ लाइसेन्स’ जारी गरी वाणिज्य विभागलाई सिफारिस गर्दछ।

    माओवादी सशस्त्र द्वन्द्वका बेला सरकारले धेरै लाइसेन्स प्राप्त हतियार नियन्त्रणमा लिएको थियो । तीमध्ये कति फिर्ता लगियो भन्ने तथ्यांक छैन । पूर्वी पहाडी जिल्लाका एक सिडियो लाइसेन्स प्राप्त हतियार भए पनि नवीकरण नगरिएका कारण धेरै हतियार जिल्ला प्रशासनको सम्पर्कमा नरहेको बताउँछन् ।

    माओवादी सशस्त्र द्वन्द्व सुरु भएसँगै अवैध हातहतियारको बिगबिगी सुरु भएको थियो । तराईमा उदाएका अनेकौं सशस्त्र समूहको उपस्थितिले साना तथा ठूला हतियार छ्यापछ्याप्ती छन् ।सशस्त्र द्वन्द्व तथा तराईको सशस्त्र आन्दोलनका क्रममा अवैध हतियार बुझाउनेलाई सरकारले स्वागत पनि गर्‍यो ।

    दोस्रो संविधानसभाको निर्वाचन अघि इलाम जिल्ला प्रशासनले वैध-अवैध हातहतियार बुझाउन अभियान चलाएपछि त्यहाँ थुप्रै अवैध हातहतियार प्रशासनको नियन्त्रणमा आएको थियो । त्यसलगत्तै गृहले देशव्यापी रूपमा यो अभियाननै चलाएको थियो । ‘अभियान पहाडी भूभागमा सफल देखिए पनि तराईमा भने त्यति प्रभावकारी भएन’, गृहका एक उच्च अधिकारीले भने । तराईमा थुप्रै अवैध हातहतियार भएको अनुमान छ ।
    प्रहरीले बेवारिसे अवस्थामा र मान्छेसहित हतियार बरामद गर्ने गरेको छ । पक्राउ पर्नेमा गुन्डागर्दीमा संलग्नदेखि सशस्त्र आन्दोलनमा सहभागी समेत छन् ।

    झापा, मोरङ, इलाम, सप्तरी, सिराहालगायत थुप्रै जिल्लामा लाइसेन्स प्राप्त हतियार नबुझाइएको गृह स्रोतले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौंमा लाइसेन्स प्राप्त हतियार छन् । काठमाडौं जिल्ला प्रशासनले मात्र हालसम्म १२ हजार आठ सय ४४ वटा लाइसेन्स प्राप्त हतियार जारी गरेको छ । यसैगरी रूपन्देही, कास्की, लमजुङ, ललितपुर, बाँके, बैतडी, डडेल्धुरामा पनि एक हजारभन्दा बढी लाइसेन्स प्राप्त हतियार सर्वसाधारणको नाममा जारी गरिएको छ ।

    काठमाडौंमा सबैभन्दा बढी लाइसेन्स प्राप्त हतियार छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मात्र १२ हजार आठ सय ४४ वटा लाइसेन्स प्राप्त हतियार जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कुन अवस्थामा हट्लान् ओली ?

    एउटा र अर्को अस्पताल गर्दागर्दै पाँचौ अस्पताल पुग्दा गयो ज्यान…

    मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

    विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

    हावाबाट पनि कोरोना सर्ने !

    ‘देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्छ’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    बिरामीको उपचार व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

    एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    आईजीपी शैलेश थापाले गरे प्रहरी प्रधान कार्यालयमा मौलो पूजा

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

    आज चैते दशैँ मनाइँदै

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    मंगलबार सस्तियो सुन

    सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑