सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १८, काठमाडौं – नवराज सिलवालले ‘आफूलाई आईजिपी बनाईपाउँ’ भन्दै सर्वोच्च अदालतमा दर्ता गराएको मुद्धा बिहीबार वृहद पुर्ण इजलाशमा सुनुवाई भइरहेको छ । न्यायाधीशहरु चोलेन्द्र शमशेर जवरा, जगदिश शर्मा पौडेल, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी सहितका सातजना न्यायाधिश सम्मिलित बेन्चमा उक्त मुद्दाको सुनुवाई भईरहेको सर्वोच्च अदालतले जनाएको छ । गत फागुन १ गते सरकारले जय बहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि शुरु भएको ‘आईजिपी प्रकरण’ झण्डै साढे तीन महिनादेखि बैठान हुन सकेको छैन । सर्वोच्चले जय बहादुर चन्दको नियुक्ती बदर गरेर नवराज सिलवाललाई आईजिपी बनाउन परमादेश जारी गरेपनि सरकारले प्रकाश अर्याललाई आईजिपी बनाएपछि शिलवाल पुन अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।
बिहीबार उक्त मुद्धाको सुनुवाई शुरु भएपछि सरकारका तर्फबाट महान्यायाधिवक्ता रमन श्रेष्ठले सर्वोच्चले आईजिपी मुद्धामा नियमसंगत कदम नचालेको भन्दै आपत्ति जनाएका थिए । महान्यायाधिवक्ताको कार्यालयलमार्फत प्रहरी प्रधान कार्यालयको लिखित जवाफको संसोधन निवेदन पेश गरेको थियो । उक्त निवेदन एकल बेन्चले हेरेपछि मात्र पूर्ण ईजलाशमा पेश हुनुपर्नेमा एकैपटक पुर्ण बेन्चमा राखेको भन्दै श्रेष्ठको आपत्ति जनाएका थिए ।
महान्यायाधिवक्ता श्रेष्ठले आपत्ति जनाएसँगै न्यायाधिशहरुले करिब ४५ मिनेट आन्तरिक छलफल गरेका थिए । छलफल पछि रमनको अब्जेक्सनलाई ईजलाशले अस्विकार गरेको बताईएको छ । यसैबीच यसभन्दा पहिलेपनि नवराज सिलवालको यहि रिट हेरिसेका न्यायाधिशहरु बिहीबारको सुनुवाईमा सहभागी भएको पाईएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा