सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ १८ – निर्वाचन आयोगको निर्देशन अनुसार भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतको टीमले च्यातिएका मतपत्र फुकाएका छन्। चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा च्यातिएको मतपत्रको संख्या गन्ने तयारी भएको छ । निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र गन्ने तयारी भएको हो । च्यातिएका मतपत्र गन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सर्वदलीय बैठकपछि च्यातिएका मतपत्रको संख्या यकिन गर्न गनिने छ । वडा नम्बर १९ को मत गन्ने क्रममा त्यहाँ रहेको माओवादी केन्द्रका प्रतिनिधिले च्यातेपछि भरतपुरको मतगणना रोकिएको छ । निर्वाचन आयोगले भरतपुरका प्रमुख निर्वाचन अधिकृत र केन्द्रबाट पठाएको छानविन समितिको प्रतिवेदन दुवैमा केही मत पत्र च्यातिएको भन्ने मात्र उल्लेख रहेको जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा