सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१७ जेठ – काठमाडौं : दुई पटक मिति सारिएको स्थानीय तहको निर्वाचन होला या नहोला भन्ने संशयकै बीच राष्ट्रिय जनता पार्टी (राजपा)ले पूर्व घोषित बन्द फिर्ता लिएको छ। संविधान संशोधनलाई एकमात्र शर्त बनाइरहेको मधेश केन्द्रित दलले दोस्रो चरणको निर्वाचन विथोल्नेगरी आन्दोलन र बन्दसम्मको घोषणा गरेको थियो। मधेश मुद्दामा केन्द्रित रहेर राजनीतिमा उत्रिएको राजपालाई मनाउन सरकारले पूर्व निर्धारित चुनावको मितिसमेत सारेको थियो।
बिजुली बजार स्थित पूर्व तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले बन्द हड्तालका कार्यक्रम फिर्ता लिएको हो। बन्द हड्तालका कार्यक्रम फिर्ता लिए पनि राजपाले घेराउ, अन्तर्क्रिया, बहस र जनजागरका कार्यक्रम भने जारी राखेको छ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा