सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । युवा पुस्ताका चर्चित -यापर गायक भनेर चिनिएका यमबुद्धको भौतिक शरीर यो संसारमा नरहे पनि उनले गाएका गीतहरु हामी माझ लोकप्रिय नै छन् । उनले पछिल्लो समय गाएका “पागलपन” बोलको गीत आज अर्थात् जेठ १६ गते सार्वजनिक भएको छ ।
हुन त उनी जन्मेको दिन पनि जेठ १६ नै हो । तर उनी यो संसारमा नरहे पनि उनी जन्मेको दिनको अवसर पारेर उनको अन्तिम गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । २०४४ सालमा जन्मेका अनिल अधिकारी अर्थात् यमबुद्धको निधन २०७३ माघ १ गते लण्डनमा भएको थियो ।
पागलपन बोलको गीतलाई नायक तथा निर्माता रेश मरहठ्ठाले निर्माण गरेका हुन् । त्यसो त अभिनेता रेश यमबुद्धका बहिनी ज्वाईं पर्छन् । यमबुद्धकी बहिनी अश्मी अधिकारी र रेशबीच २०७१ सालमा इन्गेजमेन्ट भएको थियो ।
रेशले यो गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । रेशसँगै यो गीतमा चर्चित नायिका प्रियंका कार्की र अशिमा अर्यालले समेत अभिनय गरेका छन् । यो भिडियोको पोष्ट प्रोडक्सन तथा निर्देशन दिनेश जंग रानाले गरेका हुन् । गीतमा म्युजिक भने शैलेश श्रेष्ठले दिएका छन् भने भिडियोको छायांकन राजेन्द्र समनले गरेका छन् । यो गीतको भिडियो अमेरिकामा छायांकन गरिएको हो ।
पागलपन बोलको गीतको भिडियोलाई सङ्गस नेपालले यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा बिल्कुलै फरक विधालाई स्थापित गराई यमबुद्धले युवा पुस्ता माझ हिपहप र -याप गीतसंगीतलाई चिनाएका थिए । नेपालमा -याप ब्याटललाई स्थापित गराउने प्रमुख श्रेय उनलाई नै जाने गर्दछ । सन् २००९ मा उनले गाएको साथी बोलको गीतले नै उनलाई युवाहरु माझ पहिलो पटक चिनाएको हो । आज जेठ १६ गते सार्वजनिक भएको -यापर गायक स्व. यमबुद्धको अन्तिम म्युजिक भिडियो “पागलपन”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा