सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १६ – वीरगञ्ज,वीरगञ्जको श्रीपुरमा लागुपदार्थ दुर्व्यसनमा परेकाकोआइतबारदेखि सुधार केन्द्रमा उपचार गराइरहेका वीरगञ्ज नगवाका २० वर्षका दिपु कम्कडको मृत फेला परेका छ ।गएको सुधार केन्द्र परिसरमै बिहान अचानक बेहोश भइ लडेका कम्कडलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पु¥याउने बित्तिक्कै ज्यान गएको हो । मृतक कम्कडका बुबा रामबाबु कम्कडले सुधार केन्द्रको लापरवाहीका कारण आफनो छोराको ज्यान गएको आरोप लगाउनु भएको छ ।सुधार केन्द्रका कर्मचारीले मंगलबार बिहान सात बजे फोन गरेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा पुग्दा आफनो छोराको ज्यान गइसकेको अवस्थामा रहेको भन्दै बुबा रामबाबुले आफ्नो छोराको मृत्युको घटना बारे छानबिन हुनु पर्ने बताउनु भयो ।
उहाँले आफूले जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित जाहेरी पनि दिइसकेको बताउनु भयो । तर सुधार केन्द्रका सन्चालकले भने कम्कडले मंगलबार बिहान लामखुट्टे धपाउने अलआउटको झोल पिएको र त्यसलगत्तै उनले लगातार वान्ता गर्न थालेपछि उपचारका लागि अस्पतालमा लैजादा ज्यान गएको बताउनुभएको छ । पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले भने घटनाका बारेमा अनुसन्धान भइरहेको बताउनु भयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा