सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १६, प्यूठान : चट्याङ लागेर प्यूठानमा मंगलवार बिहान बाबु छोरीको ज्यान गएको छ । सरुमारानी गाउँपालिका-२ स्थित गनहाखोलाका ५५ वर्षीय हरिभक्त सुनार र उहाँकी १२ वर्षीया छोरी सरिता सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार घरमा बसिरहेका बेला एक्कासी चट्याङ लागेर उनीहरुको ज्यान गएको हो । सोमवारदेखि जिल्लामा पानी र परिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा