सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १६ – काठमाडौं, सभापति शेरबहादुर देउवाले सकेमा राष्ट्रिय सहमतिको त्यो नसके बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने दाबी गर्नुभएको छ ।
सहमतीय सरकारको गठन गर्नका लागि भन्दै नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसित कुरा गर्दै देउवाले आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको हो । उहाँले बैठकमा पनि आफूलाई समर्थन गर्न अन्य दललाई आग्रह गर्नुभएको थियो ।
तर बैठकमा नेकपा एमाले भने अनुपस्थित थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुन उद्देश्यका लागि छलफल आयोजना गरिएको त्यो उद्देश्य पूरा नभएको बतउनुभयो । ‘सहमतीय सरकार गठन गर्न भनेर छलफल भएको थियो’ प्रचण्डले भन्नुभयो ‘तर एमालेका साथीहरु नआएकाले त्यो उद्देश्य पूरा भएन, मैंले एमाले नेताहरुको घरमै पुगेर छलफल गर्न देउवलाई सुझाव दिएको छु ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा