सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १६, अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका–८ हंसपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सञ्चारकर्मीलाई कुटपिट गरेका छन् । सदरमुकाम सन्धिखर्क आउँदै गर्दा पत्रकार कृष्णप्रसाद पाण्डेलाई माओबादी केन्द्रका कार्यकर्तले कुटपिट गरेका हुन् । खस्यौली एफ एम, लुम्बिनी टेलिभिजन, बुलन्द साप्ताहिक, सूूर्योदय एफएम र अर्घाखाँची टाइम्स लगायतका मिडियामा कार्यरत पाण्डेको अनुुहार र टाउकोमा चोट लागेको छ ।
उहाँलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरी थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुुभयो । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, बुलन्द राष्ट्रिय साप्ताहिक र अर्घाखाँची टाइम्स लगायतका सञ्चार माध्यमले घटनाको विरोध गरेका छन् ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा