सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १५ । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदन्डानुरुप स्तरोन्नति गर्ने भएको छ ।
व्यवस्थापिका–संसदमा आव २०७४/०७५ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत् गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले विमानस्थल विस्तारका लागि कोटेश्वर–सूर्यविनायक सडकमार्गलाई सुरुङमा परिणत गर्ने घोषणा गरेका हुन् ।
विमानस्थलको धावनमार्ग विस्तार र ट्याक्सी–वे थप गरी एअर ट्राफिक समस्या न्यून गर्ने योजना बजेटमा उल्लेख छ ।
तीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि १४ अर्ब
सरकारले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनलाई तीव्रता दिँदै तीन स्थानमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि झन्डै रु १४ अर्ब बजेट विनियोजन गरेको छ ।
बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माणाधीन गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि रु १३ अर्ब ७२ करोड बजेट छुट्याइएको छ ।
उनकाअनुसार निगजढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि आगामी आवमा बोलपत्र आह्वान गरिनेछ ।
गौतमबुद्ध विमानस्थल वि.सं. २०७५ चैतभित्र निर्माण सक्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी आवदेखि निर्माण सुरु गरी चार वर्षभित्र सम्पन्न गरिनेछ ।
धार्मिक पर्यटन प्रवद्र्धनका लागि पशुपति क्षेत्र र लुम्बिनी क्षेत्रको गुरुयोजना कार्यान्वयनमा तीव्रता दिइ मुख्य क्षेत्रको दोस्रो चरणको बृहत् गुरुयोजना र बृहत् लुम्बिनी क्षेत्र विकास गुरुयोजना तय गरी कार्यान्वयनको विधि तयारी गरिनेछ ।
पर्यटन पूर्वाधारतर्फ आगामी आमा आर्थिक पर्यटन क्षेत्रका कार्यक्रमलाई थप परिष्कृत बनाइ निरन्तरता दिएको सरकारले पर्यटकीय प्रचूरता भएका प्रमुखस्थललाई पर्यटकीय गन्तव्यकारुपमा विकास गर्न तयार भएको गुरुयोजना कार्यान्वयन गर्ने तथा पर्यटकीय पदमार्ग निर्माण तथा विकासको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
त्यस्तै, बृहत् जनकपुर क्षेत्र विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा