सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १५ जेठ — निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणना जेठ १७ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। मतपत्र च्यातिएको विषय छानवीन गर्न गठित समितिको प्रतिवेदन आएपछि मात्र मतगणना सुचारु गर्ने आयोगले जनाएको छ।यसअघि आयोगले सह-महान्याधिवक्ता गीताप्रसाद तिमिल्सीनाको संयोजकत्वमा तीन सदस्यीय छनविन समिति गठन गरेको थियो।
भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा आइतबार मध्यराति माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यातेको आरोपमा चितवन प्रहरीले माओवादीका दुई कार्यकर्ता पक्राउ परेका छन्। समितिमा गृहमन्त्रालयका सहसचिव र प्रहरी नायव महानिरीक्षक सदस्य छन्। उनका अनुसार समितिले १७ गतेभित्र छानविन तथा अनुगमन समितिले प्रतिवेदन पेश गरिसक्नेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा