सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, १५ जेठ – नेकपा माओवादी केन्द्र चितवनले सोमबार बिज्ञप्ति निकालेर भरतपुर महानगरपालिकामा मतगणना भइरहेको समयमा मतगणनास्थलमा एमाले कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाउँदै घटनाप्रति खेद प्रकट गरेको छ ।माओवादीका चितवन इञ्चार्ज इश्वरी भट्टराईद्वारा हस्ताक्षरित बिज्ञप्तिमा एमाले कार्यकर्ताले मतपरिणाम प्रभावित पार्ने उद्देश्यले मतपत्र च्यातेको उल्लेख छ ।
आफ्नी उम्मेदवार रेणु दाहाल जिततर्फ उन्मुख भइरहेका बेला एमालेका प्रतिनिधिले मतगणना स्थलमा मतपत्र च्यात्न खोजेपछि आफ्ना प्रतिनिधिले त्यसको रक्षा गर्ने क्रममा केहि मतपत्र च्यातिएको बिज्ञप्तिमा माओवादीको दावी छ । चितवन माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेको तत्काल रिहाई र स्थानीय तह निर्वाचन अनुसार सम्बन्धित मतदान केन्द्रको पुनः मतदान गर्न माग गरेको छ ।
नेपाली कांग्रेसले पनि वडा नम्बर १९ मा पुनः मतदान गर्न माग गरेको छ । यता एमालेले भने माओवादीले च्यातेको भन्ने आरोप लगाएको छ । दुई समूहबीच एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका छन् । वास्तविक तथ्य भने बाहिर आइसकेको छैन । निर्वाचन आयोगले भने घटनाबारे छानविन गर्न समिति गठन गरिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा