सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५ , चितवन । भरतपुर महानगरपालिकामा मतगणना भइरहेका बेला मध्यरातमा मतपत्र च्यातिएपछि गणना अनिश्चितकालका लागि स्थगित भएको हो । मतपत्र च्यातेको भन्दै प्रहरीले वाइसीएलका जिल्ला अध्यक्ष मधु न्यौपाने, माओवादी केन्द्रका प्रतिनिधि द्रोण सिवाकोटी र एमाले प्रतिनिधि गंगा लामालाई नियन्त्रणमा लिएको छ । तर पछि लामालाई भने छोडिएको चितवन एमालेको जिकिर छ ।
मतपत्र च्याताच्यात गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हार्ने निश्चित भएपछि माओवादी केन्द्रले मतपत्र च्यातेको एमालेले आरोप लगाएको छ । माओवादी केन्द्रले भने बदर मतका बिषयमा बिबाद बढेर तानातान हुँदा मतपत्र च्यातिएको दाबी गरेको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतपत्र च्यातिएको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतले जारी गरेका विज्ञप्तिमा मतगणना स्थलमै रहेका प्रतिनिधिबाट मतपत्र च्यात्ने र गणनास्थल कब्जामा लिने प्रयास भएकाले अर्को सूचना जारी नभएसम्मका लागि गणनाकार्य स्थगित गरिएको उल्लेख छ । १९ नम्बर वडाको गणना भइरहेका बेला मतपत्र च्यातिएको थियो । त्यहाँ त्यसपछि २० नम्बर वडाको मात्र मतगणना बाँकी थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा