सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, १५ जेठ– मतपत्र च्यातिएपछि स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना अघि बढाउने विषयमा छलफल गर्न निर्वाचन आयोगको बैठक बस्न लागेको छ । आयोगको कार्यालय कान्तिपथमा बस्ने बैठकले मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्दै निर्णय गर्ने जनाइएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भरतपुर महानगरपालिकाको रोकिएको मतगणनाका विषयमा निर्णय गर्न बैठक बस्न लागेको जानकारी दिए । उनले भरतपुरको मतगणनामा देखिएको घटना बारे छलफल गरेर निर्णय लिइने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा