सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५ , काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनले नै लोकतन्त्र सुदृढ र बलियो बनाउन सक्ने विश्वास गरेकी छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले लोकतन्त्रको जगलाई निर्वाचनले मात्र बलियो बनाउन सक्ने बताएकी हुन्। हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनले लोकतन्त्रको जगलाई मजबुत र संस्थागत गर्न मद्धत पु¥याएको भन्दै उहाँले दोस्रो चरणको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफूले विश्वास लिएको शुभकामना सन्देशमा बताएकी छन्।
शुभकामना भनिएको छ ‘सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभै जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन जरुरी छ।’ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि मुलुक सामाजिक आर्थिक विकासका क्षेत्रमा उपलव्धि हुने आम नागरिकको अपेक्षा पूरा गर्न सवै एकजुट हुनुपर्ने बताएकी छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा