सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१४ जेठ । भीमदत्तनगर, स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा ९माओवादी केन्द्र० कञ्चनपुरले यहाँका नौ वटै तहका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ । कञ्चनपुर सदरमुकाम रहेको भीमदत्तनगरपालिका प्रमुखमा पार्टीका केन्द्रीय सदस्य गोपाल रसाइली र उपप्रमुखमा नारु सिंहलाई उम्मेदवार बनाएको छ । त्यसैगरी वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी र उपप्रमुखमा सुमित्रा शाहीलाई उम्मेदवार बनाइएको छ । शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, उपप्रमुखमा कमला ऐर, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम चौधरी र उपप्रमुखमा शर्मिला थापा, पुनर्बास नगरपालिका प्रमुखमा वीरबहादुर थापा र उपप्रमुखमा सीता विकलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र कञ्चनपुरले जनाएको छ ।
त्यसैगरी बेलौरी नगरपालिका प्रमुखमा मोतीलाल चौधरी उम्मेदवारका रुपमा अघि सारिए पनि उपप्रमुख उम्मेदवार टुङ्गो लाग्न बाँकी छ । त्यसैगरी महाकाली नदीपारिको महाकाली नगरपालिका प्रमुख र उपप्रमुखको टुङ्गो सोमबारसम्म लाग्ने जनाइएको छ । यहाँको लालझाडी गाउँपालिका अध्यक्षमा मदन बडायक र उपाध्यक्षमा सत्या महरा तथा बेल्डाँडी गाउँपालिका अध्यक्षमा नन्दकिशोर र उपाध्यक्षमा कल्पना गिरीलाई उम्मेदवार बनाइएको माओवादीका केन्द्रीय सदस्य एवम् भीमदत्त नगरपालिका प्रमुखका उम्मेदवार रसाइलीले जानकारी दिनुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा