सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । जेठ १४, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्रुत मार्गले तराई, पहाड र हिमालको मन र भावना जोड्न ऐतिहासिक भूमिका निर्वाह गर्र्नेे बताउनुभएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने काठमाडाँै– तराई– मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को आज बाराको निजगढमा शिलान्यास गर्दै उहाँले भन्नुभयो– “आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ ”। हाम्रा मन, भावना र सम्बन्ध नयाँ उचाइमा जाने मार्गमा कसैले छेक्न र चँुडाउन नसक्ने गरी प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले दु्रत मार्गले काठमाडाँै र तराईबीचको गहिरो सम्बन्धलाई हरहिसाबले बलियो बनाउने छ भन्नुभयो ।
मधेस, पहाड र हिमाललाई जोड्ने सन्दर्भमा आफूले अहोरात्र खटेर मधेस केन्द्रित दललाई संविधानको स्वीकार्यतातर्फ लैजाने र राष्ट्रिय एकतालाई मजबुत पार्ने दिशामा केही न केही उपलब्धि हासिल गरेको गौरव प्राप्त भएको बताउँदै प्रधानमन्त्री दाहाल्ले आफ्नो जिम्मेवारीबाट अलग हँुदा समेत नयाँ आत्मविश्वास र एकता पैदा भएको महसुस भएको उल्लेख गर्नुभयो ।
बहुचर्चित र बहुप्रतीक्षारत दु्रतमार्गको निर्माणका लागि राष्ट्रिय अठोट र राष्ट्रिय सङ्कल्पको खाँचो रहेको बताउँदै प्रधामन्त्री दाहालले भन्नुभयो – “यो मार्गले समय र दूरीका हिसाबले निकै तीव्र गतिमा राजधानी र मधेसलाई जोड्ने काम त गर्ने नै छ, त्यसभन्दा ठूलो काम तराई, पहाड र हिमालको मन र भावनालाई जोड्ने ऐतिहासिक काम गर्ने छ, यस अर्थमा फास्ट ट्र्याकको दूरगामी महत्व छ ।”
अहिलेको परिवर्तित सन्दर्भमा पनि नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाधिनताका साथै विकास निर्माणका क्षेत्रमा दिइएको जिम्मेवारी पनि समयमै पूरा गर्ने भरपर्दाे सङ्गठनका रुपमा नेपाली सेना रहेको जनाउँदै उहाँले भन्नुभयो– “ मैले सु्रक्षा निकाय मूलतः नेपाली सेना र अरुलाई पनि आफ्नातर्फबाट केही न केही गुन लगाउनुपर्छ भन्ने कुरा सुरुदेखि नै लाग्दथ्यो ।”
आफूले सरकारको नेतृत्व सम्हालेपछि राजनीतिक क्षेत्रमा देखिएका बिमतिलाई सहमतिमा ल्याउने, संविधानको स्वीकार्यता बढाउने र आर्थिक विकासलाई गति दिने सङ्कल्प गरेकामा निकै अप्ठेरो र चुनौतिका बीचमा पनि राष्ट्रिय एकता र समृद्धिको पक्षमा देखिने गरी योगदान पु¥याएर गौरव र सन्तुष्टिका नयाँ जिम्मेवारीमा जाने अठोट गरेको उहाँले स्पष्ट गर्नुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा