सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १२, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेश केन्द्रित दलहरुको माग सम्बोधन गरेर जान तयार देखिएको छ । शुक्रबार अपरान्ह संसद भवन परिसरमा पत्रकारहरुसँगको कुराकानीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सहमतिको लागि बाधक नभएको उल्लेख गरे ।
ओलीले संसद अवरुद्ध पार्ने परिस्थिति सरकार आफैंले निर्माण गरेको आरोप लगाउँदै सरकारले नै बलजफ्ती गरेर संसद अवरुद्ध बनाएको दावी गरे । एमालेले संविधान र कानुन विपरित हुने गरी थप गरिएको स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने उनको चेतावनी दिँदै आएको छ ।
एमाले अध्यक्ष ओलीले राष्ट्रिय जनता पार्टी, नेपाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास पनि व्यक्त गरेका छन् । मधेश केन्द्रित दलहरुले निर्वाचनमा भाग लिने र उनीहरुको माग कानुन र संविधान अनुसार सम्बोधन हुँदै जाने टिप्पणी गरे । निर्वाचन हुन नदिने कुरा कुनै पनि राजनीतिक दलहरुले गर्न नमिल्ने उनको भनाइ थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा