सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान— जेठ ३१ मा हुने स्थानीय तह निर्वाचन बिथोल्ने गरी राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो। उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षित गर्दै पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्तालसमेत आह्वान गरेको छ।
भोलि शनिबारदेखि निर्वाचनसम्बन्धी सबै गतिविधि अवरोध गर्ने, निर्वाचन कार्यालय घेराउ गर्ने एवं जेठ १८ र १९ आमहड्ताल गर्ने कार्यक्रम तय भएको राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले बताए।
यसबारेमा केही बेरमा पत्रकार सम्मेलन गरी आन्दोलनका सबै कार्यक्रम घोषणा गर्ने पार्टीले जनाएको छ। उनले जेठ १९ गतेसम्म पनि संविधान संशोधन अगाडि नबढे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
स्थानीय तह पहिलो चरणमा ३४ जिल्लामा निर्वाचन सम्पन्न भएर स्थानीय तह पदाधिकारीले सपथ समेत लिइसकेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा