सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १२, चितवन – भरतपुरमा एमालेका देवि ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीचको मत अन्तर बिहीबारसम्म लगातार घट्दै गएको अवस्थामा शुक्रबारबाट यो क्रम रोकिएको छ । बिहीबार मध्यरातमा घोषणा भएको वडा नं. २४ को अन्तिम नतिजा र अहिले वडा नं. १६ को आधाभन्दा कम मत गन्दा ज्ञवालीले मतान्तरमा केही सुधार गरेका छन् ।
पाँच हजार सात सय २३ मत खसेको वडा नं. १६ मा दुई हजार ५८८ मत गणना गर्दा एमालेका ज्ञवालीको कूल मत ३४ हजार २१० पुगेको छ । माओवादी उम्मेद्वार रेणु दाहालको ३२ हजार ७१३ मत आएको छ । ज्ञवाली दाहालभन्दा एक हजार ४९७ मतले अगाडि छन् । यसअघि वडा नं. २४ को गणना सकिदा उनी एक हजार ३९९ मतले अगाडि थिए ।
हिजो वडा नम्बर १५ को मत गणना सकिदा मतान्तर एक हजार २३५ मा झरेको थियो । मंगलबारसम्म देवि ज्ञवाली रेणु दाहालभन्दा तीन हजार ८३६ मतले अगाडि थिए । तर बुधबारबाट मतान्तर लगातार घटेको घट्यै गर्यो । जुन आज केही सुधारको अवस्थामा छ । तर एमालेको राम्रो मत आउने वडाका मतगणना सकिएका कारण मतान्तरमा एमालेले अब उल्लेख्य सुधार गर्ने सम्भावना कम छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा