सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारत । भारतको पश्चिमी राज्य महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फादनाविज चढेको हेलिकोप्टरमा समस्या देखिएपछि आकस्मिक अवतरण गराउने क्रममा तारमा ठक्कर आएपछि दुर्घटनाग्रस्त भएको छ ।
विमानमा प्राविधिक समस्या आएपछि उडेको केही समयपछि आकस्मिक अवतरण गर्ने क्रममा तारमा ठक्कर खाँदा दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा सवार मुख्यमन्त्रीसहित सबैजना सकुशल रहे पनि हेलिकोप्टर भने नराम्रोसँग बिग्रिएको बताइएको छ ।
अमेरिकामा बनेको सिकोस्र्की हेलिकोप्टर महाराष्ट्रको लाटुर जिल्लाबाट उडेको केही समयमै आकस्मिक अवतरण गर्ने क्रममा तारमा ठोक्किँदा दुर्घटनाग्रस्त भएको मुख्यमन्त्री फादनाविजले ट्वीट गरी बताउनुभएको छ । हेलिकोप्टरमा सवार सबैजना सकुशल रहेका छन् , सन्देशमा भनिएको छ ।
हामी भगवान र महाराष्ट्रका कृपाले सुरक्षित उम्किन सफल भयौँ, उहाँले ट्वीटमा जनाउनुभएको छ ।
यसैबीच भारतीय सञ्चारमाध्यमले सेतो हेलिकोप्टर जमिनमा जलेको अवस्थामा पल्टिएको दृश्यचित्र देखाइरहेका छन् । घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन भएअनुसार प्रक्रिया अघि बढाइएको प्राधीकरण अधिकारीले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा