सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा २०७४/७५ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम दिएका थिए । प्रधानमन्त्री दाहालले दिएको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गरेकी हुन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकारी कर्मचारीलाई संक्रमणकालीन व्यवस्थाअनुसार स्थानीय तहमा परिचालन गर्ने उल्लेख गरिन्।
यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् ।
पुननिर्माणलाई विषेश प्राथमिकतामा राख्ने र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको क्षमता अभिवृद्धि गर्ने सरकारको नीति छ ।
पूर्वपश्चिम विद्युतीय रेल, सुरुङ्गमार्ग र रेलमार्गर्ला प्राथमिकता दिइने भएको छ । यस्तै स्थानीय र प्रदेशस्तरीय सडकमा न्यूनतम लेन अनुसारको सडक संजाल निर्माण गर्ने सरकारको कार्यक्रम छ ।
माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य बनाइने छ । माध्यमिक तहसम्मको विद्यालय स्थानीय तहलाई दिइने छ । सामुदायिक विद्यालयहरुलाई नमुना रुपमा संचालन पनि गरिने भएको छ । खुल्ला विश्वविद्यालय पनि संचालन गरिने सरकारको कार्यक्रम छ । स्वास्थ्यलाई मौलिक हककारुपमा स्थापित गर्दै आधारभूत स्वास्थ्यलाई निशुल्क गरिनेछ । र, आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तह अन्तर्गत राखिने छ । सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै वृहत खालका सामाजिक सुरक्षाका थप कार्यक्रमहरु ल्याइने छ ।
संसद् भवनमा आउनु हुँदा राष्ट्रपति भण्डारीलाई सभामुख ओनसरी घर्ती, उपसभामुख गङ्गाप्रसाद यादव र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा