सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, ११ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरमा एमालेको जित सुनिश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवार मानबहादुर जिसी कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार रामजी कुँवरभन्दा करिब १२ हजारको मतले अगाडि छन् । अब थोरै मात्र मत गन्न बाँकी भएकाले उनीहरुको जित पक्का भएको हो ।
जिसीले ५१ हजार दुई सय १७ मत ल्याएका छन् भने कुँवरले ३९ हजार तीन सय ९५ मत ल्याएर पछ्याइरहेका छन् । १ लाख २५ हजार ७ सय मत खसेकोमा झण्डै १ लाख ८ हजार मत अर्थात ८६ प्रतिशत मत गणना सम्पन्न भइसकेकाले जिसीको जित सुनिश्चित भएको हो । कांग्रेसका उम्मेदवार कुुँवरले आफ्नो हार स्वीकारीसकेका छन् । उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङले अग्रता कायमै राखेकी छिन् । उनले ४८ हजार दुई सय ८८ मत ल्याएकी छिन् भने कांग्रेसकी सरस्वती गुरुङले ३७ हजार तीन सय ३१ मत ल्याएर पछ्याइरहेकी छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा