सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ११ – विद्युतको आपूर्तिमा आएको सुधारका कारण उद्योगहरुले उत्पादन बढाएका छन्। उद्योगहरुले आफ्नो उत्पादन क्षमताको ५४ दशमलव २ प्रतिशत उत्पादन गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। राष्ट्र बैंकले विभिन्न ५७ जिल्लालाई समेटेर गरेको आर्थिक गतिविधिको अध्ययन सम्बन्धी अर्ध वार्षिक प्रतिवेदनले लोडसेडिङमा भएको कटौतीका कारण उद्योगहरुको उत्पादन बढेको उल्लेख गरेको हो।
गत वर्षको यसै अवधिमा उद्योगहरुले लोडसेडिङका कारण ३९ दशमलव ५ प्रतिशत मात्र क्षमता उपयोग गरेका थिए। राष्ट्र बैंकले विद्युत आपूर्तिमा आएको सुधारले उद्योग क्षेत्रमा सकारात्मक प्रभाव परेको र समीक्षा अवधिमा देशमा बन्दहडताल जस्ता कुनै किसिमका अवरोधजन्य क्रियाकलाप नभएका कारण समग्र उद्योगहरुको क्षमता उपयोग बढेको बताएको छ।
बैंकको प्रतिवेदन अनुसार यो वर्ष चाउचाउ उद्योगहरु पूर्ण क्षमतामा चलेका छन् भने वनस्पति घिउ तथा तेल, प्रशोधित दूध, अन्न तथा पशुदाना एवम् अन्य खाद्यपदार्थ समूहको उत्पादनमा वृद्धि भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा