सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ११, भारतको सीमा जोगाउन खटिएका तीन नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । भारतको सीमा सुरक्षाका लागि खटिएका ती नेपालीहरुको काश्मिरमा मृत्यु भएको भारतीय मिडियाले जनाएको छ। मृत्यु हुनेमा हवल्दार ३८ वर्षीय गिरिश गुरुङ, ४० वर्षीय हवल्दार डमर बहादुर पुन र २३ वर्षीय राइफलम्यान रबिन शर्मा रहेका छन् । भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा अपरेसनका क्रममा यी तीन नेपालीको मृत्यु भएको हो ।
कास्कीको नगिधर गाउँ निवासी गिरिश गुरुङले १९ वर्ष भारतीय सेनामा काम गरेका थिए । उनकी पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान रहेका छन्। त्यसैगरी गुल्मीको काराइँग तुन गाउँ घर भएका हवल्दार डमरबहादुर पुन २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। उनकी पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान रहेका छन्।
पर्वत जिल्लाको चुवा गाउँ घर भएका २३ वर्षीय राइफलम्यान रविन शर्माकी श्रीमती सविता शर्मा छिन् । भारतीय रक्षा प्रवक्ताका अनुसार तीनै जनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिनेछ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा