सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको छ । दुई दिन लगाएर स्थानीय विकास मन्त्रालयको विज्ञ टोलीले स्थानीय तहको नाम र सिमाना तयार गरेको हो ।
जसअनुसार झापाको कमल, बुद्धशान्ति र झापा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ । भद्रपुर नगरपालिकाको वडा संख्या वृद्धि गरिएको छ भने वडा नम्बर ५ र ६ लाई टुक्रयाएर वडा नम्बर ५, ६ र ११ कायम गरिएको छ ।
त्यसैगरी, मोरङको विराटनगर उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नति गरिएको छ । बूढीगंगा गाउँपालिकाको वडा नम्बर १, २, ३ र जहदा गाउँपालिकाको वडा नम्बर १ लाई विराटनगर उपमहानगरमा गाभेर महानगर बनाइएको हो । बूढीगंगा गाउँपालिकाको नाम परिवर्तन गरी मोधा बूढीगंगा नामकरण गरिएको छ ।
सुनसरीको इनरूवा नगरपालिकाको वडा नम्बर ६ लाई झिकेर गढी गाउँपालिकामा गाभिएको छ । गढी गाउँपालिकाको वडा नम्बर ५ र ६ तथा इनरूवा नगरपालिकाको वडा नम्बर १० लाई हरिनगरा गाउँपालिकामा गाभिएको छ । हरिनगराको वडा नम्बर १, २, ५, ६ र ७ लाई मिलाएर भुटाहा गाउँपालिका बनाइएको छ ।
कोशी गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा बराह नगरपालिकाको वडा नम्बर ११ लाई समावेश गरी लौकही गाउँपालिका थपिएको छ । सप्तरीको वोदेवरसाइन नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११ र १६ लाई झिकेर नयाँ झिकीवलान–विहुल गाउँपालिका बनाइएको छ ।
छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर १ झिकी वेलिहचपेना गाउँपालिकाको वडा नम्बर ६ कायम गर्ने र छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ८ लाई वडा नम्बर १ कायम गरिएको छ । कञ्चनरुप नगरपालिकाको वडा नं. ११ लाई कृष्णसवरन गाउँपालिकामा लगेर वडा नम्बर ६ बनाइएको छ । कृष्णसवरन गाउँपालिकाको नाम परिवर्तन गरी अग्निसाइर कृष्णसवरन गाउँपालिका बनाइएको छ ।
डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १० लाई शम्भुनाथ नगरपालिकामा गाभिएको छ भने विष्णुपुर गाउँपालिकाको वडा नम्बर ५ लाई राजविराज नगरपालिकामा गाभिएको छ । सिरहाको कर्जन्हा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ ।
धनुषामा नगरान नगरपालिकाको वडा नं ९, औरही गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ लाई मिसाएर नयाँ धनौजी गाउँपालिका बनाइएको छ । नगराइन वडा नम्बर १० लाई जनकपुर उपमहानगरपालिकामा गाभिएको छ । कमला सिद्धिदात्री गाउँपालिकालाई कमला नगरपालिका कायम गरिएको छ । हंसपुर र मिथिला विहारी गाउँपालिकालाई नगरपालिका बनाइएको छ ।
महोत्तरीका सात गाउँपालिकालाई नगरपालिका बनाइएको छ । बलवा र लोहारपट्टी गाउँपालिका नगरपालिका भएका छन् । एकडारा गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई मनरा गाउँपालिकामा गाभेर नयाँ मनराशिसवा नगरपालिका बनाइएको छ । रामगोपालपुर गाउँपालिका, औरही गाउँपालिका, मटिहानी गाउँपालिका र भंगाहा गाउँपालिकालाई नगरपालिका बनाइएको छ ।
बर्दिवास नगरपालिकाको १ नम्बर वडालाई फुटाएर वडा संख्या बढाइएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाको वडा नं ६ र ७ तथा हरिपूर्वा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ लाई गाभेर पर्सा गाउँपालिका थप गरिएको छ । चक्रघट्टा गाउँपालिकाको ६, ५ र ७ वडा र विष्णु गाउँपालिकाको ९, १०, ११ र १२ वडालाई गाभेर नयाँ कौडेना गाउँपालिका बनाएको छ ।
धनकौलीको ५ वटा वडा र चक्रघट्टा गाउँपालिकाको एउटा वडालाई मिलाएर छुट्टै नयाँ बसबरिया गाउँपालिका गरिएको छ । कविलासी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ । बलरा नगरपालिकाको वडा नम्बर ६ लाई गोडैटा नगरपालिकामा गाभिएको छ । रामनगर गाउँपालिकाको ३ वडालाई धनकौल गाउँपालिकामा राखिएको छ ।
रौतहटको गौर नगरपालिकाको सातवटा वडालाई समेटेर छुट्टै राजदेवी नगरपालिका बनाइएको छ । गौर नगरपालिकाको १३ नम्बर वडा र अन्य दुई गाउँपालिकाको केही वडालाई समेटेर नयाँ यमुनामाई गाउँपालिका बनाइएको छ । बौधीमाई गाउँपालिका, वृन्दावन गाउँपालिका, देवाही गोनाही गाउँपालिका र गढीमाई गाउँपालिकालाई नगरपालिका बनाइएको छ ।
गजुरा, कटहरीय, माधवनारायण, ईशनाथ, परोहा, राजपुर, फतुवा विजयपुर र मौलापुर गाउँपालिकालाई पनि नगरपालिका बनाइएको छ । फेटा र प्रसौनी गाउँपालिकाको केही वडालाई मिलाएर वि श्रामपुर गाउँपालिका बनाइएको छ । पचरौता गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ ।
पर्साको वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाइएको छ । सुवर्णपुर र सुगौली गाउँपालिकाको केही वडा मिलाएर जिरा भवानी गाउँपालिका, पोखरिया नगरपालिकालाई फुटाएर नयाँ कालिकामाई गाउँपालिका, सुवर्णपुर गाउँपालिकाको नाम परिवर्तन गरी ठोरी गाउँपालिका बनाइएको छ भने बहुदरमाई गाउँपालिका र पर्सागढी गाउँपालिकालाई नगरपालिका बनाइएको छ ।
बाँकेको खजुरा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । राप्ती गाउँपालिकाको केही वडा र साविकका केही गाविसलाई मिलाएर नयाँ सोनारी गाउँपालिका बनाइएको छ ।
कैलालीको जानकी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ । कैलारी गाउँपालिकाको केही वडा र गौरीगंगा नगरपालिकाको केही वडालाई मिलाएर नयाँ मोहना गाउँपालिका बनाइएको छ ।
कपिलवस्तुमा विभिन्न गाउँपालिकाको वडालाई फुटाएर नयाँ गौतमबुद्ध गाउँपालिका थप गरिएको छ । कृष्णनगर, अजिगरा, भिल्मी, पुरुषोत्तमपुर, शिवराज नगरपालिका र महाराजगन्ज नगरपालिकाको केही वडा मिलाएर नयाँ बहादुरगञ्ज गाउँपालिका बनाइएको छ । कनकमुनी गाउँपालिका थप गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा