सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी |जेठ १०, यहाँका बासिन्दा विद्युत्भार कटौतीका कारण हैरानी खेप्दै आएका छन् । विद्युत्भार कटौती हुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । विद्युत्भार कटौतीका कारण श्रीकोट स्वास्थ्य चौकीमा खोप सेवा प्रभावित भएको छ । श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटका अनुसार स्वास्थ्य चौकीमा रहेको फ्रिज पुरानो भइसकेको र त्यसैमा विद्युत्भार कटौती हुँदा समस्या भएको छ ।
नेपाल विद्युत् प्राधिकारण बैतडी वितरण केन्द्रले अनियमित रुपमा विद्युत्भार कटौती गर्ने गरेको छ । विभिन्न स्थानमा जीर्ण अवस्थामा रहेका खम्बा तथा जोखिम पूर्ण अवस्थामा रहेका तार मर्मत नहुँदा समस्या हुने गरेको छ । फिल्डमा खटाइएका कर्मचारीले प्रसारण लाइनमा के समस्या भएको भन्ने बारेमा चासो नलिँदा समस्या आएको दोगडाकेदार–३ श्रीकोटका शङ्कर भट्ट बताउनुहुन्छ ।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने कमजोर विद्युतीय संरचनाका कारण विद्युत् सेवा अनियमित हुने गरेको जनाएको छ । कम बजेटमा बढी काम गर्नुपर्ने भएकाले यस्तो समस्या आउने गरेको शाखा प्रमुख राजेन्द्रलाल देव बताउनुहुन्छ । “विद्युत् सेवा विस्तार गर्दा ग्राहकले विद्युत् उपभोग गर्न हतार गर्दा खम्बा पनि टाढाटाढा राख्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो । हावाहुरी र चट्याङका समस्याका कारण विद्युत् सेवा बारम्बार अवरुद्ध हुने गरेको उहाँको भनाइ छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा