सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं १० जेठ–पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् । अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजीनामा घोषणा गरेका हुन् । सम्वोधनसँगै प्रधानमन्त्रि दाहालले काठमाडौं तराई द्रुतमार्ग फास्ट ट्रयाक के हुन्छ रु ओबिओआर के हुन्छ केपी वलीले राजीनामा दिदा संसदमा उठाएको प्रश्न अस्वभाविक थिएन तर सोध्नेहरुको नियत ठीक नभएको वताएका छन् ।
आज सिंहदरवारबाट विशेष सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फाष्ट ट्र्याकलाई लिएर सरकारमाथि दुष्प्रचार गरिए पनि कामबाट जवाफ फर्काएको बताए ।
सम्वोधनमा प्रधानमन्त्रि प्रचण्डले भन्नु भयो “अहिलेसम्म राजनीतिक दाउपेचको विषय र कसैको प्राथमिकतामा नपरेको फास्ट ट्र्याक अब बन्ने ग्यारेन्टी भएको छ। केही दिनमा म त्यसको शिलान्यास गर्दैछु ।” नेपाली सेनाले फास्ट ट्रयाक बनाउँछ ।’
फास्ट ट्रयाक बन्ने सँगै यसले मधेश र त्यहाँका नागरिकको जीवन परिवर्तन गर्न योगदान पु¥याउन पनि उहाँले बताउनुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा