सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोलुखुम्बु । जेठ १०, एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ । उहाँले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ३७ वर्षीय अंशुले पर्यटन विभागबाट एकै याममा दुईपटक सगरमाथा आरोहणको अनुमति लिएर एजी एभरेस्ट एक्सपीडिसनमार्फत आधार शिविर पुग्नुभएको थियो ।
दुईपटक रोहणका लागि जानसेन्पाले पर्यटन विभागमा प्रतिपटकको ११ हजार डलरका दरले दुईपटकका लागि २२ हजार डलर बुझाउनु भएको पर्यटन अधिकृत श्रेष्ठले बताउनुभयो । सामान्यतयाः एक याममा आरोहीले एकपटक मात्रै हिमाल आरोहण गर्ने गरिएको भए पनि उहाँले एकै याममा दुई पटक आरोहण गर्नुभएको हो । यो याममा दुईपटक आरोहण गर्ने र छोटो समयावधिमा आरोहण गर्ने उहाँ एक मात्र आरोही बन्नुभएको छ ।
भारतको अरुणाञ्चल प्रदेशकी जम्सेन्पाले यसअघि सन् २०११ मा १० दिनको अन्तरालमा दुईपटक सगरमाथाको आरोहण गरिसक्नुभएको थियो । अहिलेसम्म छोटो समयावधिभित्र महिला पर्वतारोहीले सगरमाथाको आरोहण गरेको कीर्तिमान नेपालकी छुरिम डोमा शेर्पाको नाममा छ । रासस
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा