सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २३ ,झापा । ठगी मुद्दाका फरार एक जना अभियुक्तलाई जेल चलान गरेको छ । नक्कली सुन देखाएर सोझासिधा महिलालाई ठगी गरेको मुद्दामा अदालतबाट सजाय पाएर २०७२ वैशाख २१ गतेदेखि फरार रहेका साविक झापा डाँगीबारी– ७ हाल बाह्रदशी गाउँपालिकाका मनोज भनिने मोहन उप्रेतीलाई मङ्गलबार जेल चलान गरिएको हो ।
उक्त मुद्दामा जिल्ला अदालत झापाले २०७२ असार २७ गते उनलाई दोषी ठहर गरी एकवर्ष कैद र रू आठ लाख सात सय ३० जरिवाना तोकेको थियो । उप्रेतीलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले प्रहरी वृत्त ठिमी भक्तपुरको सहयोगमा चैत १८ गते पक्राउ गरेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा