सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र, २२, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले चैत २५ देखि २८ सम्म छैटौ घरजग्गा मेला प्रदर्शनी ल भृकुटीमण्डपमा हुन गइरहेको जानकारी आज पत्रकार सम्मेलन मार्फत जानकारी गरीयो ।
भुकम्पबाट घरजग्गा ब्यवसायलाई थङथिलो पारेको अवस्थामा यस किसिमको आयोजनाले घरजग्गा ब्यवसायलाई टेवा पुग्ने आयोजक पक्षले दावी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा उद्घाटन हुने मेलामा घरजग्गा सँग सम्बन्धित सबै जानकारी पाइने छ । सम्मेलनमा पहिलो पटक नेपालमा हाउजिङ समिट गर्ने संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी स्टल रहने र मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट,जग्गा योजना तथा विकास निर्माणका सामाग्रीको उत्पादक तथा विक्रेता इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक तथा बीमा कम्पनी सहभागी हुने छन् । मेलामा विद्दुतीय सरसामानहरु, फर्निचर,पाईप, सेनेटरी बयर्स फिटिङ, सेन्ट्स, सवारी साधन, सजिसजावटका सामान तथा बास्तुकला ब्यवसायमा सम्लग्न ब्यवसायीहरुले आ–आफना उत्पादनहरु प्रदर्शन गर्ने जानकारी दिइयो ।
मेलामा १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा मेला आयोजक समितिका संयोजक विपिन चित्रकारले पत्रकार सम्मेलनमा जानकारी गराए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा