सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ,२२ चैत। नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले देशभर ‘पिक आवर’को लोडसेडिङ हटेको घोषणा गरेका छन् । उनले अब बिहान र बेलुकीको लोडसेडिङ पूर्ण रुपमा हटेको बताएका हुन् । मंगलबार पत्रकार सम्मेलन गरेर घिमिङले अब लोडसेडिङबारे चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताए ।साथै अब देशभर पिक आवरमा लोडसेडिङ नहुने बताए । प्राधिकरणले विहान ५ देखि ८ बजे र साँझ ५ देखि साढे ८ बजेस्म्मलाई पिक आवर मानेको छ ।
‘अहिले देशभर कतै पनि पिक आवरमा लोडसेडिङ छैन । हामीले कालिगण्डकीलाई पिक आवरमा पूर्ण क्षमतामा चलाएका छौं’ घिसिङले भने’,’डिमान्डअनुसारको सप्लाइ दिने गरी हामी प्रतिवद्ध भएर लागेका छौं ।’
अहिले प्राधिकरणले पिक आवरमा कुलेखानी पनि चलाइरहेको छ । सँगै धेरै माग हुने समयमा भारतबाट पनि पूर्ण क्षमतामा विजुली आइरहेको छ ।
काठमाडौं, पोखरा र चितवनलाई लोडसेडिङ मुक्त घोषणा गरेको प्राधिकरणले देशका अन्य भागमा भने केही घन्टा विद्युत कटौती गर्दै आएको थियो । अब पिक आवरमा भने देशभर नै लोडसेडिङ नहुने घिसिङले बताए । उनले अब उद्योगहरुलाई पनि बढी विजुली दिे विषयमा प्राधिकरण केन्द्रित हुने बताए । अहिले घरेलु ग्राहकलाई भन्दा उद्योगहरुलाई कम विजुली दिइएको छ ।
अब औद्योगिक क्षेत्रमा सप्लाइ बढाउँदै लैजाने घिसिङको भनाइ छ । लोडसेडिङ हटाउने अभियानमा मौसमका कारण पनि केही सहज भएको उनले बताए । प्राधिकरण प्रमुख कुलमान घिसिङले अब आफूहरु निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने बताएका छन् । उनका अनुसार अहिलेका काठमाडौंका ट्रान्सर्फमर ४०० मेगावाट क्षमताका छन्, अब यसलाई अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा