सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २२ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठानले १० सर्जकलाई जनही १ लाख नगदसहित प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कारद्वारा पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानको हीरक महोत्सवको अवसरमा आगामी जेठ ६ गतेदेखि तीन दिन राजधानीमा आयोजना गरिने बृहत् राष्ट्रिय वाङ्मय गोष्ठीमा उनीहरुलाई पुरस्कृत गरिन लागेको हो ।
नेपाली भाषा, साहित्य, संस्कृतिलगायत विविध विधामा विशिष्ट योगदान पु¥याएबापत आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंगः, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शंकरनाथ रिमाल र शान्तदास मानन्धरलाई पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रममा ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको गौरवमय साठी वर्ष’, ‘साठी वर्षका भाषिक चर्चा’, ‘मैथिली–नेपाली–अंग्रेजी शब्दकोश’, ‘तामाङ व्याकरण’लगायत करिब तीन दर्जन महत्वपूर्ण ग्रन्थ–पुस्तक प्रकाशन गरिनेछ ।
उपकुलपति डा. विष्णुविभु घिमिरेले असार ९ गतेदेखि प्रतिष्ठान हीरक वर्षमा प्रवेश गरेको उल्लेख गर्दै त्यसयता देशभरि राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वका गोष्ठी तथा समारोहहरूको आयोजना भइरहेको सुनाए । भने, “आगामी असार ९ गते राजधानीमा आयोजना हुने वार्षिकोत्सवसँगै यो हीरक महोत्सव समापन हुनेछ ।” सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीका अनुसार यसै आर्थिक वर्षभित्र प्रतिष्ठानले नवनिर्मित पुस्तकालय भवनमा ई–पुस्तकालय सञ्चालनको तयारी गरेको छ । यसका साथै सो भवनको भुइँतलामा अत्याधुनिक छापाखाना सञ्चालन गर्ने प्रतिष्ठानको तयारी छ । मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिसकिएको उनले बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा